११ कार्तिक २०८१, आइतबार

आज जसपा संसदीय दलको निर्वाचन हुँदै

प्रकाशित मिति :  28 December, 2022 7:54 am


काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेता चयनका लागि आज बुधबार निर्वाचन हुने भएको छ ।

बुधबार बिहान ११ बजेदेखि १२ बजेसम्म मनोनयन दर्ता हुने र अन्य प्रक्रिया पूरा गरेर २ः३० बजेदेखि ३ः३० बजेसम्म मतदान हुनेछ । मतदान सकिएलगत्तै परिणाम सार्वजनिक गर्ने जसपा संसदीय दलको कार्यालयले जनाएको छ ।

प्रतिनिधि सभातर्फ जसपाका १२ जना सांसद छन् । यद्यपि संसदीय दलको नेता को बन्ने भन्ने टुंगो नभएको पार्टीका नेताहरुले बताएका छन् । दलको नेताको रुपमा राईसँगै राजकिशोर यादवले पनि दाबी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !