२७ पुस २०८१, शनिबार

अत्याधिक धूँवा फाल्ने १३ सवारी साधनका चालक कारबाहीमा

प्रकाशित मिति :  28 December, 2022 11:20 am


काठमाडौँ । अत्याधिक धूँवा फाल्ने १३ वटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।

अत्याधिक धूँवा फाल्ने १० ओटा पिकअप भ्यान, भाडाको बस, माइक्रो र ट्रक एक–एक ओटा गरी १३ ओटा सवारी साधन कारबाहीमा परेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।

उनका अनुसार वातावरण विभाग बबरमहल र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रूपमा खटिएको टोलीले मंगलबार कलंकीमा ४० ओटा सवारी साधनलाई चेक गर्दा १३ ओटा कारबाहीमा परेका हुन्।

सवारी साधन मर्मत पश्चात तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिइनेछ।

अत्याधिक धूँवा फाल्ने सवारी साधन चलाउँदा वायु प्रदुषण हुनुका साथै दुर्घटनाको जोखिमसमेत हुने हुनाले सवारी साधनको अवस्था चेकजाँच गरी दुरुस्त अवस्थामा राखेर मात्र चलाउन चालकलाई भट्टले आग्रह गरेका छन्।



प्रतिक्रिया दिनुहोस !