११ कार्तिक २०८१, आइतबार

प्रधानमन्त्री पुष्ष्कमल दाहाल भोलि मात्रै सरकारी निवास बालुवाटार सर्ने

प्रकाशित मिति :  28 December, 2022 2:07 pm


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार मात्र वालुवाटार सर्ने तयारी गरेका छन् । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा बुधबार (आज) बालुवाटारबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्ड प्रवेश गर्ने कार्यक्रम स्थगित भएको खुमलटार स्रोतले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डले बालुवाटारकै ज्योतिषसँग हेराएर परिवारसहित आज बेलुका ५ बजे निजी निवास खुमलटारबाट सरकारी निवास बालुवाटार सर्ने तयारी रहेको थियो तर सरसफाई र केही सामानहरू गरिद गर्नुपर्ने हुनाले भोलि मात्रै सर्ने तयारी गरिएको प्रधानमन्त्रीको स्वकीय सचिवालयले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस !