४ आश्विन २०८१, शुक्रबार

बागमती प्रदेश सरकारद्धारा स्थानीय विपद् व्यवस्थापन कोषका लागि अनुदान रकम उपलब्ध

प्रकाशित मिति :  6 April, 2020 3:18 pm


फाईल फोटो

मकवानपुर, २४ चैत ।

बागमती  प्रदेश सरकारले स्थानीय विपद् व्यवस्थापन कोष स्थापनाका लागि सबै स्थानीय तहलाई अनुदान रकम उपलब्ध गराएको छ ।

प्रदेश अन्तर्गत १३ जिल्लाका १ सय १९ स्थानीय तहमा कोष स्थापनका लागि सम्बन्धित स्थानीय तहको बैंक खातामा अनुदान रकम पठाइसकिएको आन्तरिक मामिला तथा कानून म न्त्रालयले जनाएको छ ।

मन्त्रालयअन्तर्गत गठित वाग्मती प्रदेश विपद् व्यवस्थापन समितिका अनुसार काठमाडौँ, ललितपुर र भरतपुर महानगरपालिकालाई २०/२० लाख रुपैयाँ र हेटौँडा उपमहानगरपालिकालाई १५ लाख रुपैयाँ अनुदान रकम पठाइसकिएको छ ।

त्यस्तै प्रदेशको ६६ निर्वाचन क्षेत्रअन्तर्गत ४१ नगरपालिकालाई रु १२/१२ लाख र ७४ गाउँपालिकालाई रु १०/१० लाख अनुदान रकम उपलब्ध गराएको मन्त्रालयले जनाएको छ ।

सङ्घीय सरकारले दैनिक लकडाउन चालू गरिरहेकामा सुरक्षाकर्मीलाई उनीहरुको मनोबल उच्च पार्न र व्यावहारिक कार्यमा क्रियाशील तुल्याउन प्रत्येक जिल्लाको सुरक्षाकर्मीलाई  पाँच/पाँच लाख रुपैयाँ सम्बन्धित जिल्लाका जिल्ला प्रशासन कार्यालयलाई पनि पठाइएको वाग्मती प्रदेश विपद् व्यवस्थापन समितिले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !