६ आश्विन २०८१, आइतबार

दुधको मूल्य लिटरमै १३ रुपैयाँ वृद्धि गर्ने तयारी

प्रकाशित मिति :  29 December, 2022 6:01 pm


काठमाडौँ । डेरी उद्योगीले कच्चा दुधको मूल्य वृद्धि गर्न डेरी उद्योग संघलाई प्रस्ताव गरेका छन् ।

डेरी उद्योगीहरूले कच्चा दुधको समर्थन मूल्य प्रतिलिटर १३ रुपैयाँले वृद्धि गरेर १०० रुपैयाँ कायम गर्न संघलाई सिफारिस गरेको स्रोतले जनाएको छ ।

सिफारिसमा दुधको आधार सर्मथन मूल्य प्रतिलिटर ८७ रुपैयाँबाट बढाएर १०० रुपैयाँ कायम गर्न लागिएको बताइएको छ । संयुक्त डेरी संचालक खुल प्रसाद हुमागाईँले उद्योगी बिच दुधको मूल्य वृद्धि गर्न संघलाई सिफारिस गरेको बताएका छन् । उनले भने, “राज्यले बढाएको छैन हामीले सिफारिस मात्र गरेका छौँ । अब त्यो कार्यान्वयन हुन्छ कि हुदैँन त्यो छिट्टै थाहा हुन्छ ।’’

त्यस्तै डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालले उत्पादन लागत बढाएकाले दुधको मूल्य पनि बढाउन पर्ने देखिएको तर संस्थामा यस विषयमा औपचारिक छलफल नभएको बताए ।



प्रतिक्रिया दिनुहोस !