१२ कार्तिक २०८१, सोमबार

स्थायी राजधानी कार्यान्वयनमा प्रदेशवासीको लागि न्याय भएको छ : मुख्यमन्त्री केसी

प्रकाशित मिति :  30 December, 2022 11:03 am


देउखुरी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले राजधानी कार्यन्वयमा सबै प्रदेशवासीहरूलाई न्याय गरिएको बताएका छन् ।

नेपालको संविधानले एक पटकमात्रै प्रदेशको नाम र राजधानीको विषय टुंग्याउने अधिकार प्रदान गरेको स्मरण गर्दै समग्र हितका लागि एक पटक निर्णय गरेर कार्यान्वयनका लागि स्थायी मुकामबाट कार्य सञ्चालन गरी सकेकोले अब पूर्ण कार्यान्वयनमा जानेमा पूर्ण विश्वास गर्न केसीले आग्रह गरे ।

गढुवा गाउाँलिकाको जंगलकुटीमा जिल्ला समन्वय समिति दाङद्वारा आयोजित स्थानीय पालिकाको समन्वय बैठक तथा अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री केसीले नेपालको संघीय व्यवस्थालाई मजवुत बनाउन प्रदेश संरचना बािलयो र कार्यकारी बनाउनु पर्नेमा जोड दिए ।

लुम्बिनी प्रदेश सरकारले कार्यन्वयमा लिएको राजधानीलाई समृद्ध बनाउनको लागि समन्वय गरेर अगाडि बढ्नका लागि दाङ जिल्लाका जिल्ला समन्वय समिति लगायत सबैलाई अपिल गरे ।

मुख्यमन्त्री केसीले लुम्बिनी प्रदेशमा ७२ वटा कानून निर्माण भईकेको र कार्यन्वयनमा अगाडि बढेको बताउँदै १२ वटा कानुन निर्माण प्रकृयामा रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !