३० कार्तिक २०८१, शुक्रबार

‘सहकारी क्षेत्रमा भएका विकृतीको उजागर गर्न संचार माध्यमहरु सशक्त ढङ्गले अघि बढ्नुपर्छ’

प्रकाशित मिति :  30 December, 2022 4:59 pm


काठमाडौँ । पछिल्लो समय सहकारी क्षेत्रमा भएका विकृतीको उजागर गर्न संचार माध्यमहरुले अझै सशक्त ढङ्गले अघि बढ्न आवश्यक रहेको सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले बताएका छन् ।

शुक्रबार काठमाडौँमा आयोजित नेपाल सहकारी पत्रकार समाज (सीजेएन) को १२ औं साधारणसभामा पण्डितले पत्रकारहरुले सहकारी क्षेत्रमा भएका विकृतिको उजागर गर्दा अगामी दिनहरुमा यस्ता खालका समस्याहरु नआउने बताएका हुन् ।

पण्डितले सहकारीहरुले घरजग्गा, गाडी तथा अनुत्पादक क्षेत्रमा लगानी गरेको र उक्त लगानी फिर्ता नहुँदा यस्तो समस्या आएको पण्डितको भनाइ छ ।

त्यस्तै राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बी. उप्रेतीले अर्थसँग जोडिएका संचार माध्यमहरुले बैंकको मात्र नभई सहकारी क्षेत्रमा पनि कलम चलाउन आवश्यक रहेको बताएका छन् । उप्रेतीले यस समाजले सहकारी क्षेत्रमा कलम चलाउन खोज्ने संचारकर्मीहरुलाई तालिम दिन र उनीहरुलाई प्रोत्साहनको निम्ति पुरस्कृत गर्न समेत अनुरोध गरेका थिए ।

सहकारी क्षेत्रमा अहिलेको अवस्था आउनुको मुख्य कारण राज्य र राष्ट्र बैंक रहेको उप्रेतीले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !