५ आश्विन २०८१, शनिबार

आजदेखि ट्रायल गर्ने भनिएको नेपाल टेलिकमको फाइभ-जी सेवा स्थगित

प्रकाशित मिति :  1 January, 2023 12:52 pm


काठमाडौं । आजदेखि सुरु हुने भनिएको नेपाल टेलिकमको फाइभ-जी सेवा को ट्रायल स्थगित भएको छ । नेपाल टेलिकमले चलाउने प्रणालीअनुरुप फाइभजी चल्ने मोबाइलको संख्या न्यून भएपछि ट्रायल स्थगित गर्ने भएको हो ।

सामान्य मोबाइल इन्टरनेटभन्दा द्रुत हुने फाइभ-जी इन्टरनेट औद्योगिक, सेवामूलक, नवप्रवर्तनात्मक र उच्च व्यवसायिक क्षेत्रमा प्रयोग हुने डाटा सुविधा हो ।

टेलिकमले फाइभ-जीको परीक्षणको लागि आन्तरिक रुपमा तयारी अन्तिम चरण्मा पुर्‍याएपनि केही प्राविधिक विषयका कारण फाइभजीको ट्रायक स्थगन भएको प्रवक्ता शोभन अधिकारीले जानकारी दिए ।

‘अधिकारीका अनुसार टेलिकमले परीक्षण गर्न लागेको २६ सय मेगाहर्ज ब्यान्डविथको फ्रिक्वेन्सीमा चल्ने मोइबल डिभाइस नै ज्यादै न्युन संख्यामा भेटिएको हुनाले परीक्षण केही पछि सारिएको हो ।

टेलिकमले १ जनवरीबाट फाइभ-जी परीक्षण गर्न भन्दै तयारी गर्दै आएको थियो । अब टेलिकमले थप तयारी गरेर फाइभ-जीको परीक्षणकाल सुरु गर्ने तयारी गरेको हो ।

परीक्षणका लागि टेलिकमले उपकरण, प्रविधि जडानसहित जनशक्तिलाई तालिमसहितका तयारीहरु सकाइसकेको छ ।



प्रतिक्रिया दिनुहोस !