१२ कार्तिक २०८१, सोमबार

लुम्बिनी प्रदेशसभाका सदस्यले लिए पद तथा गोपनीयताको शपथ

प्रकाशित मिति :  1 January, 2023 2:43 pm


देउखुरी । लुम्बिनी प्रदेशसभाका सदस्यले आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभा सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

८७ जना प्रदेशसभा सदस्यमध्ये ९ जनाले आफ्नै मातृभाषामा शपथ लिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीमा नै प्रदेश सभा सदस्यले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।



प्रतिक्रिया दिनुहोस !