१२ कार्तिक २०८१, सोमबार

नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलको नेतामा जोखबहादुर महरा

प्रकाशित मिति :  2 January, 2023 1:28 pm


देउखुरी । नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश संसदीय दलको नेतामा जोखबहादुर महरा चयन भएका छन् ।

माओवादी केन्द्रका स्थायी समितिका सदस्य एवं रोल्पा १ (क)बाट निर्वाचित महरा संसदीय दलको नेतामा सर्वसम्मत चयन भएका हुन् । लुम्बिनीमा प्रदेशमा (माओवादी केन्द्र) का ९ जना प्रदेश सभा सदस्य रहेका छन् ।

बैठकमा स्थायी कमिटि सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालको बैठकमा उस्थित थिए ।

महरा संसदीय दलको नेतामा चयन भएपछि मुख्यमन्त्री कुलप्रसाद केसी ले लुम्बिनीबाट सरकार र दलको नेतृत्वका लगि शुभकामना दिए । उनले भने,“ सरकार र दलको नेतृत्व गर्नुहोला सफल कार्यकालको शुभकाना छ । ”



प्रतिक्रिया दिनुहोस !