६ आश्विन २०८१, आइतबार

‘पशुपालन क्षेत्रको विकास बिना देशको अर्थतन्त्रले गति लिन सक्दैन’

प्रकाशित मिति :  2 January, 2023 7:08 pm


काठमाडौँ । पशुपालन क्षेत्रको विकास, विस्तार, व्यवसायीकरण बिना नेपाली अर्थतन्त्रले तीव्र गतिको आर्थिक बृद्धि तथा विकास प्राप्त गर्न नसक्ने कृषि तथा पशुपन्छी मन्त्रालयका सह सचिव रमानन्द तिवारीले बताएका छन् ।

सोमबार काठमाडौँमा दाना पदार्थको स्वच्छता र गुणस्तर अभिवृद्धि गर्ने सम्बन्धमा उद्यमी व्यवसायीहरुसँग अन्तरक्रिया कार्यक्रममा बोल्दै तिवारीले पशुपालन क्षेत्रलाई प्रथामिकता दिदाँ नेपालको अर्थतन्त्रमा सुधार आउने र उत्पादनमा वृद्धि हुदाँ निर्यात गर्नुका साथै रोजगारी समेत सिर्जना हुने बताएका हुन् ।

तिवारीले पशुपन्छीको दानामा केन्द्रित रहेर नेपाल उद्योग संघ र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले एकआपसमा सहकार्य गरेर गुणस्तर र नयाँ नयाँ प्रविधिबाट निकालेको दाना बजारमा पठाउन अनुरोध समेत गरेका थिए ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक डा. मतिना जोशी वैद्यले विभागबाट दानाको गुणस्तर अझै सशक्त ढङ्गले निगारि गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । उनले भनिन्, “विभागले भारतबाट आयात हुने दानाको निरक्षण गर्न मुख्य भन्सार नाका नेपालगन्ज, भैरवाहामा कर्मचारी खटाएर त्यसको कडा रुपमा निरक्षण गरेका छौँ ।’’

वैद्यले दानामा ७० प्रतिशत मकैको प्रयोग हुने र नेपालमा मकैको गुणस्तरको स्तर नै राम्रो नभएको बताएकी छन् । उनले भनिन्, “नेपालमा अन्न भण्डारको समस्या रहेको छ । जसले गर्दा मकैमा किरा पर्ने, ढुसी लाग्ने समस्याका कारण नै दानाको गुणस्तरको स्तर कम रहेको छ । त्यसैले मकै आयात गर्दा त्यसको गुणस्तरको विशेष निगरानि गर्न आवश्यक रहेको छ ।’’

त्यस्तै नेपाल दाना उद्योग संघका अध्यक्ष रविन पुरीले छिमेकी राष्ट्रहरुबाट गुणस्तर मापान नगरि आयात गरेको मकै ल्याएर दाना बनाउँदा पनि नेपालमा दानाको गुणस्तर कम भएको बताएका छन् । उनले भने, “एक पटक आयात भएको सामान पुन फिर्ता पठाउन गार्हाे हुन्छ अनि पैसा हालेर ल्याएको सामान पनि फिर्ता गर्न भएन त्यो कारण पनि दानाको गुणस्तरको बारेमा प्रश्न उठेको हो ।’’ पुरीले विभागले उद्योगहरुमा नै गएर दानाका गुणस्तर मापान गरेर यसको गुणस्तर सुधारमा ध्यान दिन जरुरी रहेको बताएका छन् ।

नेपाल दाना उद्योग संघका सल्लहाकार दिनेश गौतमले दानाको लागि आयात गरिने कच्चा पर्दाथको स्तर गुण्स्तर हिन रहेको बताएका छन् । उनले भने, “दानाको गुणस्तरको विषयमा वहस गर्ने हो भने सरहरुले किन नहुने मज्जाले छ भन्रुहुन्छ तर कच्चा पदार्थको गुणस्तर नै कम छ ।’’



प्रतिक्रिया दिनुहोस !