६ आश्विन २०८१, आइतबार

किसानलाई बढी मूल्य दिएर खरिद गरेका छौँ, दुधको मूल्यवृद्धि फिर्ता हुदैन: डेरी उद्योग संघ

प्रकाशित मिति :  2 January, 2023 6:40 pm


काठमाडौं । निजी डेरी उद्योगीको सबैभन्दा ठूलो छाता संगठन डेरी उद्योग संघले दुधको मूल्यवृद्धि फिर्ता नलिने जनाएको छ ।

सोमबार संघका अध्यक्ष राजकुमार दाहाल र महासचिव विश्वराज वस्नेतले एक विज्ञप्ती जारी गर्दै दुधको मूल्यवृद्धि फिर्ता नहुने स्पष्ट पारेका छन् । राष्ट्रिय दुग्ध विकास बोर्डले डेरी उद्योगहरुलाई हालै वृद्धि गरेको मूल्य स्थगन गर्न आग्रह गरेतापनि यसमा डेरी उद्योग संघको कुनै सहमति नभएको संघले जनाएको छ ।

“आइतबार राष्ट्रिय दुग्ध विकास बोर्डमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव ज्यू लगायत सबै सरोकारवाला निकायहरु विच बसेको बैठकमा किसानको खरिद मूल्य र बिक्रीमूल्य वृद्धि हुनु पर्नेमा सबै सरोकारवालाहरुले एकमत जाहेर गरेको, यसै बीच राष्ट्रिय दुग्ध विकास बोर्डले डेरी उद्योगहरुलाई हालै वृद्धि गरेको मूल्य स्थगन गर्न आग्रह गरेता पनि यसमा डेरी उद्योग संघको कुनै सहमति नभएको र डेरी उद्योगहरुले पुष १६ गते देखि नै किसानको खरिद मूल्य वृद्धि भैसकेको कारण मूल्यवृद्धि फिर्ता हुन नसक्ने व्यहोरा स्पष्ट पार्न चाहान्छौ,” संघद्वारा जारी विज्ञप्तीमा भनिएको छ, “राष्ट्रिय दुग्ध विकास बोर्डमा एकतर्फि ढंगले सहमति भएको भनि पत्र पठाएको व्यहोरा जानकारी गराउदछौ ।”



प्रतिक्रिया दिनुहोस !