१२ कार्तिक २०८१, सोमबार

लुम्बिनी प्रदेश सभा बैठकको पहिलो बैठकमा के भने महराले ?

प्रकाशित मिति :  2 January, 2023 6:55 pm


देउखुरी । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलका नेता जोखबहादुर महराले प्रदेशको विकासका लागि सामुहिक पहल हुनेमा विश्वास व्यक्त गरेका छन् ।

देउखुरीमा बसेको दोस्रो प्रदेश सभाको पहिलो बैठकमा सम्बोधन गर्दै नेता महराले आफूहरूलाई नयाँ जिम्मेवारी आएको र जनताको आशा र अपेक्षा पुरा गर्न सबै एक हुनेमा आफू विश्वस्त रहेको बताए ।

उनले भने,“नयाँ जिम्मेवारी आएको छ । जनताले थुप्रै आशा र अपेक्षा गरेका छन् । त्यो आशा र अपेक्षाहरू हामी सबै म विश्वस्त छु की हामी सबै उच्च राजनीतिक संस्कारबाट जनताको आशा र अपेक्षालाई पुरा गर्नका निम्ति हामी सबै सामुहिक बल र सामुहिक पहल,सामुहिक विवेक ,सामुहिक बुद्धी, सामुहिक प्रयासद्वारा सम्पन्न गर्न सक्छौं भन्ने विश्वास छ ।”

महरा रोल्पा प्रदेश सभा (क) बाट निर्वाचित सांसद हुन् । उनले लुम्बिनी प्रदेशमा विकासको पूर्वाधार खडा गर्ने, जनताको जीवनमा परिवर्तन ल्याउने, समृद्धी ल्याउने बाटोमा सबैले साझा प्रयास गर्ने विश्वास व्यक्त गरे ।

उनले भने,“ यो प्रदेशमा हामीले विकासको पूर्वाधार खडा गर्ने, जनताको जीवनमा परिवर्तन ल्याउने, प्रदेशमा समृद्धी ल्याउने बाटोमा तपाई ंहामी सबैको साझा मेहनत, साझा प्रयास सफल रहने छ भन्ने सुभेक्षा पनि व्यक्त गर्दछु ।”



प्रतिक्रिया दिनुहोस !