१० औं राष्ट्रिय पोशाक एंव टोपी दिवस सम्पन्न
काठमाडौँ । राष्ट्रिय पोशाक एंव टोपी दिवस राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले सांस्कृतिक कार्यक्रमकाबिच काठमाडौँको नेपाल पर्यटन बोर्डको सभाहलमा सम्पन्न गरेको छ।
वि। सं २०७० साल पौष १७ गतेका दिनमा सुरुवात भएको राष्ट्रिय पोशाक एंव टोपी दिवसले भव्य समारोहका बिच इतिहासविद् ज्ञानमणी नेपाललाई दोश्रो राष्ट्रिय धरोहर सम्मान नगद सहित सम्मान गरेको छ।
राष्ट्रिय धरोहर युवा प्रोत्साहन पुरस्कार(२०७९ भने युवा उद्यमी तथा पठन संस्कृतिका ज्ञाता ऋषिराम अधिकारीलाई प्रदान गरेको थियो ।
‘जेष्ठलाई सम्मान युवालाई प्रोत्साहन’ भन्ने नारा लिएर प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा पूर्व संविधान सभा अध्यक्ष तथा पूर्व सभामुख सुवास चन्द्र नेम्वाङ, पूर्व मन्त्री तथा संघिय सांसद शंकर भण्डारी, निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलीया, राष्ट्रिय महिला आयोगका तर्फबाट का।मु कृष्णकुमारी पौडेल खतिवडा,राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा, राप्रपाका केन्द्रीय सदस्य डा। गोबिन्द खनिया, पूर्व मन्त्री भाष्कर भद्रा लगायतले राष्ट्रिय पोशाक र पहिचानको बारे मन्तव्य राखेका थिए ।
राष्ट्रिय पोशाक दिवसका संस्थापक अध्यक्ष राजानन्द माण्डव्यले धरोहर संरक्षणमा निरन्तर योगदान पुर्याएका सामाजिक अभियन्ताहरु सोम शर्मा, उमेश बोहोरा, सुरेश तिमल्सिना,सागर उप्रेती,लक्ष्मी भद्रा,शंकर बञ्जाडे,अमित भट्ट,पबिता बजगाई बिमल पन्त,कबिता पौडेल,गौरब पौडेल,निश्चल भट्ट,अंकित खनाल लगायतलाई प्रशंसा पत्र सहित सम्मान गरेका थिए ।
एक दशक पुगेको अवसरमा प्रतिष्ठानले बसन्तपुर डवलीदेखि बाजागाजा, नाचगान सहित सद्भाव र्याली गरेको थियो। औपचारिक कार्यक्रममा स्वागत मन्तव्य महासचिव श्याम बजगाई, कार्यक्रम संचालन अभिबिन्द खनिया र कार्यक्रमको संयोजन राजन कोइरालाले गरेका थिए ।
नेपालको मौलिक पोशाकको संरक्षण गर्दै औपचारिक राष्ट्रिय पोशाक हुनुपर्ने माग गर्दै प्रतिष्ठानले सांस्कृतिक आन्दोलन गर्दै जनतामा जागरण पैदा समेत गर्दै आएको छ।