अदालतबाट पुर्नवहालीको आदेश पाएका उपरथी शाही सैनिक प्रहरीको नियन्त्रणमा
प्रकाशित मिति : 3 January, 2023 4:18 pm
काठमाडौं । भोलि (वुधबार) बाट अनिवार्य अवकाशमा जान लागेका दुई तारे जर्नेल (उपरथी) प्रेमप्रकाश शाहीलाई सैनिक प्रहरीले नियन्त्रणमा लिएको छ । आर्थिक अनियमततामा संलग्न रहेको पाइएपछि शाहीलाई नियन्त्रणमा लिइएको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।
शाहीले आफ्नो पदावधि एक वर्ष बाँकी रहेको दाबी गर्दै नेपाली सेनाको जंगीअड्डा र रक्षा मन्त्रालयविरुद्ध ७ पुसमा सर्वोच्च अदालतमा रिट दायर गरेका गरेका थिए ।
उनको पक्षमा अदालतले आदेश दिएसँगै उनी हाजिर हुन जंगीअड्डा जाने तयारीमा थिए । तर, उनलाई सैनिक प्रहरी गणले नियन्त्रणमा लिएको सैनिक स्रोतले बतायो ।
प्रवक्ता भण्डारीले विगतमा परेका केही उजुरीको विषयमा छानबिन गर्नुपर्ने भएकाले ‘भित्रै बस्न’ निर्देशन भएको बताए ।
अवकाशको १५ दिन अघि बिदा बस्ने परम्परा अनुसार उनी बिदामा बसेका थिए ।