६ आश्विन २०८१, आइतबार

स्याङ्जाको फेदीखोला गाउँपालिकामा दोस्रो कृषि मेला सम्पन्र, ६० जना किसान पुरस्कृत

प्रकाशित मिति :  9 January, 2023 12:25 pm


स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिकाले ‘कृषि व्यवसायीकरणमा हाम्रो अभियान, कृषकहरुलाई उत्प्रेरणा, पुरस्कार र प्रोत्साहन’ भन्ने नाराका साथ दोस्रो कृषि मेला तथा प्रदर्शनी सम्पन्न गरेको छ ।

यही शनिबार आयोजना गरिएको कृषि मेलामा १ सय ४८ कृषक, कृषक समूह र एकीकृत कृषि तथा पशुपंक्षी फर्मको सहभागिता रहेको थियो। उक्त मेलामा उत्कृष्टताको आधारमा ६० जनालाई पुरस्कृत गरिएको हो ।

प्रदर्शनीमा जरे तथा गाने बाली समूह, फूल तथा पाते समूह, फल समूहको तरकारी बाली, मसला बाली समूह, लहरेबाली समूह, नगदेबाली समूह, फलफूल समूह, गँड्यौली मल, एकीकृत कृषि फर्म, भेडा बाख्रा बंगुर समूह, गाई भैँसी समूह र पंक्षी समूह गरी १२ वटा विधामा प्रतिष्पर्धा भएको थियो ।

उत्पादनमा गुणस्तर, स्वस्थ्य बाली, उच्च मूल्यको बाली, बजारमुखी उत्पादन, उत्पादन क्षेत्रफल, पशुपंक्षी संख्या, फर्म व्यवस्थापन, उत्पादित वस्तुको आकार र व्यवस्थापन लगायतका आधारमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कार वितरण गरिएको थियो ।

एकीकृत कृषि तथा पशुपंक्षी फर्म अन्तर्गत ४ वटा विधा (एकीकृत कृषि फर्म, भेडा बाख्रा बंगुर समूह, गाई भैँसी समूह र पंक्षी समूह) मा प्रथम हुनेलाई १० हजार, द्वितीय हुनेलाई ७ हजार, तृतीय हुनेलाई ५ हजार र सान्त्वना २ जनालाई ३|३ हजारको दरले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले बताए ।



प्रतिक्रिया दिनुहोस !