३० कार्तिक २०८१, शुक्रबार

एनएमबि बैंकको २७ औं बार्षिक साधारण सभा सम्पन्न

प्रकाशित मिति :  10 January, 2023 10:59 am


काठमाडौँ । एनएमबि बैंक लिमिटेडको २७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सोमबार काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा संचालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनीहरुको उपस्थितिमा सभा सम्पन्न भएको हो ।

बैंकको सञ्चालक समितिको अध्यक्ष पवन कुमार गोल्याणको सभापतित्व आयोजित उक्त सभामा बैंकका शेयरधनीहरुले आ(आफ्नो विचार समेत ब्यक्त गरेका थिए ।

उक्त वार्षिक साधारण सभाले आर्थिक वर्ष२०७८ |०७९ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ८।२५ प्रतिशत (कर सहित) नगद लाभांश पारित गरेको छ ।

बैंकको २०७९ आषाढ सम्ममा खुद नाफा ३ अर्ब २९ करोड, निक्षेप १८६।४० अर्ब र कर्जा १८२।०९ अर्ब रहेको छ ।बैंकले हाल देशभरी २०१ शखा, १३८ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङसेवा प्रदान गर्दै आइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !