३१ भाद्र २०८१, सोमबार

कक्षा ११ र १२ को परीक्षा पनि स्थगित

प्रकाशित मिति :  7 April, 2020 1:24 pm


काठमाडौं, २५ चैत । 

कक्षा ११ र १२ को परीक्षा पनि स्थगित भएको छ ।

कोरोना भाईरसको जोखिम नियन्त्रणका लागि भन्दै सरकारले अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित गरेको हो ।

राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको गरेको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पोडैलले जानकारी दिए ।
कक्षा १२ को परीक्षा बैशाख ८ र ११ को परीक्षा बैशाख २१ गतेका लागि तोकिएको थियो ।

परीक्षाका लागि देशभर १ हजार १ सय ४७ केन्द्र निर्धारण गरिएको थियो । परीक्षामा दुबै कक्षामा गरी ९ लाख ६२ हजार विद्यार्थी सामेल हुँदै

थिए ।

कोरोना सक्रमणको जोखिम नियन्त्रण गर्न सरकारले यस अघि नै एसईई परीक्षा पनि स्थगित गरेको गरिसकेको छ ।



प्रतिक्रिया दिनुहोस !