प्रशासनको सात दिने पासले बैशाख ३ सम्म काम गर्ने
प्रकाशित मिति : 7 April, 2020 1:37 pm
काठमाडौं, २५ चैत ।
सरकारले वैशाख तीन गतेसम्म लकडाउन (बन्दाबन्दी) को अबधि बढाएकाले यस अघि प्रशासनले जारी नगरेको पासको अबधि स्वत: थपिएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले अत्यावश्यक सेवाका लागि विभिन्न मितिमा जारी गरेको ७ दिने अबधिको पासले बैशाख ३ गतेसम्म प्रयोग गर्न सकिने जनाएको छ। पासको मिति सकिए पनो लकडाउनलाई लक्षित पास स्वत: नविकरण गरिएको जनाएको हो।