६ आश्विन २०८१, आइतबार

अर्घाखाँची उद्योग वाणिज्य संघले एक दिने बृहत कृषि तथा औद्योगिक प्रर्दशनी मेला लगाउने

प्रकाशित मिति :  12 January, 2023 3:38 pm


अर्घाखाँची । अर्घाखाँची उद्योग वाणिज्य संघले एक दिने बृहत कृषि तथा औद्योगिक प्रर्दशनी मेला लगाउने भएको छ ।

अर्घाखाँची उद्योग वाणिज्य संघले माघे सक्रान्तीको अवसरमा एक दिने कृषि तथा औंधोगिक मेला प्रर्दशनी गर्ने भएको हो ।

अर्घाखाँची उद्योग बाणिज्य संघको आयोजनामा लगाइने मेलाको सहआयोजकको रुपमा सन्धिखर्क नगरपालिका ,घरेलु तथा साना उधोग कार्यालय अर्घाखाँची ,प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यन्यवन इकाई अर्घाखाँची, भेटेनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्र अर्घाखाँची रहने छन् ।

सन्धिखर्क नगरपालिका वडा नं.२ को त्रिवेणी धाम (बागिखोला भद्री खोला घोचेखोला)को संगम स्थलमा उक्त मेला प्रर्दशनि गर्न लागिएको हो मेलामा कृषि तथा औद्योगिक घरेलु सामाग्री प्रर्दशन गरिनुका साथै विविध सास्कृतिक कार्यक्रमहरु पनि प्रर्दशन गरिने अर्घाखाँची उधोग बाणिज्य संघका अध्यक्ष प्रदीप मिश्रले जानकारी गराएका छन् ।



प्रतिक्रिया दिनुहोस !