३० कार्तिक २०८१, शुक्रबार

अवस्था ठिक नभएका सवारी चलाउने ३२ चालक कारबाहीमा ‍

प्रकाशित मिति :  13 January, 2023 11:10 am


काठमाडौँ । काठमाडौँको चावहिलमा बिहिबार गरिएको यान्त्रिक चेकिङका क्रममा अवस्था ठिक नराखी सवारी साधन चलाउने ३२ वटा सवारी साधनका चाकललाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

तालिम प्राप्त प्राविधिक सहितको टोलिद्धारा गरिएको चेकिङको क्रममा अवस्था ठिक नभएका ‍३२ वटा सवारी साधनका चालकलाई कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

सवारी साधनको अवस्था चेकजाँच गर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक दलराम टमाटाको कमाण्डमा बिहिबार दिउँसो खटिएको ट्राफिक प्रहरीको टोलीले चावहिल क्षेत्रमा १ सय ७ भन्दा बढी सवारी साधन चेकजाँच गरेको थियो ।सवारी साधन मर्मत पश्चात तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीले कारबाहीका क्रममा लिएका कागजपत्र फिर्ता दिइने छ ।

अवस्था ठिक नभएको सवारी साधन चलाउदा सवारी दुर्घटना बढ्ने र यसले यात्रुको जीवन पनि जोखिममा पर्न सक्ने भएकाले संभावित जोखिम कम गर्नको लागी कारबाही अभियानलाई तिब्रता दिएको प्रहरी वरिष्ठ उपरीक्षक भट्टले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !