६ आश्विन २०८१, आइतबार

आज माघे संक्रान्ती मनाइँदै

प्रकाशित मिति :  15 January, 2023 9:02 am


काठमाडाैँ । आज माघे सक्रन्ती, देश विदेशमा रहेका नेपालीले पर्व मनाउदैछन् । थारू समुदायले माघीलाई नयाँ वर्षका रुपमा पनि मान्ने गर्छन् भने मगर समुदायकाे पनि याे मुख्य चाड हाे ।

हिमाल, पहाड र तराईका बसोबास गर्ने क्षेत्री, बाहुन, राई, मगर, लिम्बु, नेवार, गुरुङ आदि जातजातिले यस पर्वलाई आआफ्ना परम्परा, भिन्न–भिन्न विशेषता र प्रकृतिले मनाउने गरेका छन् ।

घ्यु, तरूल, चाकु, खिचडी, तिलकाे लड्डु लगायतका खाने कुरा खाएर याे दिन हर्षाेल्लासका साथ मनाइन गरिन्छ । आजका दिन सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्दछन् र आजको दिनलाई माघे सक्रान्ती, तिलुवा सक्रान्ती या मकर सक्रान्ती या माघीका रुपमा आ-आफ्नै विशेषता र सांस्कृतीक महत्वका साथै मनाईने गरिन्छ ।

प्रधानमन्त्री पुष्प कमल दाहालले माघे संक्रान्तिकाे अवसरमा शुभकामना व्यक्त गर्दै नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिएको सुन्दर देश भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान हाम्रा साझा पहिचान भएको बताएका छन् ।

“भौगोलिक, जातीय र सांस्कृतिक विविधता रहेको नेपालमा एकै दिन पर्ने र एउटै नामको पर्वलाई पनि भिन्न–भिन्न भेग र समुदायमा भिन्न–भिन्न ढङ्गले मनाउने प्रचलन छ,” सन्देशमा भनिएकाे छ । मुलुकको विकासमा एकताबद्ध हुन प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !