२८ पुस २०८१, आइतबार

विमान दुर्घटना :६८ वटा शव भेटियो, ४ जना अझै बेपत्ता

प्रकाशित मिति :  15 January, 2023 5:31 pm


काठमाडौँ । आइतबार बिहान पोखरामा भएको यति एयरलाइन्सको एटिआर जहाज दुर्घटनामा ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ।

हालसम्म ६८ जनाको मृत्यु पुष्टि भएको र अन्य ४ जनाको अवस्था भने अज्ञात रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । विमानमा ४ जना चालक दलका सदस्यसहित ७२ जना रहेका थिए । जसमा २५ जना महिला, ३७ जना पुरुष, बालक ३ जना र शिशु ३ जना रहेका प्राधिकरणले जानकारी दिएको छ ।

त्यस्तै मन्त्रिपरिषद बैठकले पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा दुर्घटना जाँच आयोग गठनसमेत गरेको छ। आयोगलाई ४५ दिनभित्र प्रतिवेदन पेश गर्न समयसीमा तोकिएको छ। बैठकले घटनाबारे मृतकका आफन्तहरूलाई सही सूचना दिन विमानस्थलमा कल सेन्टर स्थापना गर्ने निर्णय गरेको छ।



प्रतिक्रिया दिनुहोस !