६ आश्विन २०८१, आइतबार

फेमिलियर अर्गानिक फार्ममा माघी विशेष खाना महोत्सव सुरु, मौलिक खानाको स्वाद लिन पाइने

प्रकाशित मिति :  16 January, 2023 2:20 pm


काठमाडौँ । माघे संक्रान्ति तथा जैविक विविधता दिवसको अवसरमा काठमाडौँको कपनस्थित वल्र्डमार्ट युनिक सोलुसन प्रा.लि. द्धारा सञ्चालित मौलिक बजार तथा मौलिक भान्छाघरले साप्ताहिक रुपमा खाना महोत्सवको आयोजना सुरु गरेकाे छ ।

हिजो (आइतबार) बुढानिलकण्ठ नगरपालिका नगरप्रमुख मिठाराम अधिकारीले महोत्सवको उद्धघाटन गरेका हुन् । माघी विशेष खाना महोत्सव उद्घाटन गर्दे मेयर अधिकारीले आफ्नो नगरपालिकाभित्र यो महोत्सव सुरू हुनु गर्वको विषय भएको बताए । “हाम्रा चाडपर्वमा खाइने मौलिक खानाहरु स्वादप्रद्र्धकको साथै स्वास्थ्यको लागि पनि त्यतिनै महत्व भएकाले यस्तो खाना मौलिक भान्छाको (रेष्टुरेन्ट) मेनुमा राखिनु निकै सकरात्मक काम हो,” उनले भने ।

रैथाने तथा मौलिक खानाले स्वाद र स्वाथ्यका साथै स्थानीय उत्पादनको समेत प्रवद्र्धन हुने भएकोले यस्तो व्यवसयालाई नगरपालिकाले उच्च प्राथमिकता राख्ने पनि बताए ।

‘बसे पनि शहर, गाउँ कै खाने रहर, स्वादका लागि हैन स्वास्थयका लागि खाऔं’ भन्रे मुल नाराका साथ सुरु भएको महोत्सव आगामी ७ गतेसम्म सञ्चालन गरिने आयोजक सुमन दाहालले जानकारी दिए ।

महोत्सवको पहिलो दिनमा नै उत्साहजनक उपस्थित भएको बताउँदै दाहालले यस अवधिमा ५०० जनाले अवलोकन गराउने लक्ष्य रहेको बताए । मौलिक र रैथाने खानामा स्वास्थ्यमा ख्याल राख्ने आम मानिसको विशेष चासो बढ्दै गएकोले यो कार्यक्रम सञ्चालन गरेपछि आफु उत्साहित भएको उनको भनाइ छ ।

सात दिन चल्ने कार्यक्रममा विभिन्न स्वदेशी र रैथाने खानाको परिकारको स्टल राखिने भएको छ भने एक सेट खाना नि :शुल्क चखाउने व्यवस्था गरिएको छ । मौलिक चाडपर्व र यसमा खाइने विशेष परिकारकोे महत्व बुझाउने उद्देश्यले जैविक विबिधता दिबसको अवसरमा बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र, कृषि ज्ञान केन्द्र ललितपुर, राष्ट्रिय युवा परिषद, बुढानिलकण्ठ नगरपालिका र लघु घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रको सहकार्यमा मौलिक भान्छाघरले कार्यक्रम गरेकाे हाे ।

माघे संक्रािन्तसँग सम्बन्धित परिकारसँगै सात दिनसम्म सात प्रदेशका परिकारहरु अवलोकन तथा खाने व्यवस्था गरिएको छ । आयोजक दाहाल भने, ”हामीले यसै पनि यहाँ ७५३ पालिकाका खाद्य वस्तु तथा प्रांगारिक उत्पादन प्रवद्र्धन गर्दै आइरहेका छौँ । हामी कहाँ सातै प्रदेशका परिकार खान र लान पाइने व्यवस्था छ । जैविक विविधता दिवसको समेत अवसर पारेर हामी आयोजक तथा सहआयोजकले मौलिक खाना प्रवद्र्धनको लागि यो कार्यक्रम आयोजना गरिएको हो ।”



प्रतिक्रिया दिनुहोस !