६ आश्विन २०८१, आइतबार

उखुकाे समर्थन मूल्य प्रतिक्विन्टल २० रूपैयाँले बढाइयाे, उद्याेगले दिने ५४०, सरकारी अनुदान ७० रूपैयाँ

प्रकाशित मिति :  18 January, 2023 6:51 pm


काठमाडाैँ । सरकारले उखुकाे समर्थन मूल्य ताेकेकाे छ । बुधवार बसेकाे मन्त्रीपरिषद्काे वैठकले उखुको न्युनतम समर्थन मूल्य प्रतिक्विन्टल ५४० रुपैयाँ तोकेको हाे ।

सरकारले व्यहोर्ने ढुवानी भाडा ७० रुपैयाँ निर्धारण गरिएको पनि उपप्रधानमन्त्री विष्णु पौडेलले जानकारी दिए । “आजको बैठकले उखुको मूल्य प्रतिक्विटल ५४० रुपैयाँ र सरकारले व्यहोर्ने ढुवानी भाँडा रु ७० यो निर्धारण गरेको छ,” उनले भने ।

ताेकिएकाे ५४० रूपैँया उद्याेगीले उपलब्ध गराउनेछन् भने प्रतिक्विन्टल ७० रूपैयाँका दरले सरकारले अनुदान उपलब्ध गराउने प्रावधान छ । गत वर्ष उखुकाे समर्थन मूल्य ५२० रूपैयाँ ताेकिएकाे थियाे ।



प्रतिक्रिया दिनुहोस !