३० कार्तिक २०८१, शुक्रबार

सीजी मोटर्सले सुरू गर्यो फ्री होम तथा अनसाइट सर्भिस

प्रकाशित मिति :  20 January, 2023 11:37 am


काठमाडौँ । नेपालका लागि आधीकारीक बिक्रेता सीजी मोटर्सले ग्राहक लक्षित नेपालमै पहिलो पटक फ्री होमका साथै अन साइट सर्भिस सुविधा सुरु गरेको छ।

हालसम्म १५० भन्दा धेरै गाडी नेपाली बजारमा बिक्री भइसकेको र ग्रहाकहरुको सुविधलाई ध्यानमा राखी फ्री होम साथै अन साइट सर्भिस सुरु गरेको कम्पनीले जनाएको छ ।

सर्भिस हट्लाइन नम्बर १६६००१११२६९ तथा डाइरेक्ट सम्पर्क् नम्बर ९८०२३४०९४८ मा सम्पर्क गरेको २ घण्टा भित्र सर्भिस टिम साइटमा पुगेर सुविधा दिने कम्पनीले जनाएको छ । नेपालका विभिन्न ४ ठाउँबाट कम्पनीले थप सुविधा दिने जनाइएको छ।

क्रसओभर डिजाइन, निकै प्रिमियम सिट, आकर्षक अलोय ह्वील, टु स्पोक स्पोर्टी स्टेरिङ ह्वील, युनिक तरिकाले प्लेस गरिएको ड्राइभर इन्फर्मेसन डिस्प्ले, निकै ठूलो इन्फोटेन्टमेन्ट सिस्टम, युनिक स्थानमा दिइएको गियर नव र पार्किङ ब्रेक नीटा भीको नयाँपक्ष रहेको कम्पनीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !