४ आश्विन २०८१, शुक्रबार

कोरोना : पाकिस्तानमा ५० जना चिकित्सक पक्राउ, लसुन खान उत्तर कोरियाको सुझाव

प्रकाशित मिति :  8 April, 2020 12:31 pm


काठमाण्डौं, २६ चैत ।

पाकिस्तानमा ५० जना चिकित्सक पक्राउ परेका छन् ।

कोरोना भाइरस संक्रमित व्यक्तिहरुको उपचारका क्रममा सुरक्षा उपकरणहरु तथा किटको अभाव रहेको भन्दै विरोध गरेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

चिकित्सकहरुले हिजो हडताल गरेका थिए । दक्षिण एसियामा, कोरोना भाइरस संक्रमण, भारतपछि पाकिस्तानमा सबैभन्दा बढी फैलिएको    छ ।

हालसम्म पाकिस्तानमा कोरोना भाइरसबाट ३ हजार ८ सय मानिस संक्रमित भइसकेको तथ्याङ्क सार्वजनिक भएको छ ।

डाक्टरहरुले जबरजस्ती चिकित्सकको आन्दोलनलाई प्रहरीले निष्तेज पार्न खोजेको आरोप लगाएका छन् ।

लसुन खान उत्तर कोरियाको सुझाव

उत्तरकोरियाले आफ्ना नागरिकलाई लसुन खान सुझाव दिएको छ । अहिलेसम्म कोरोनाबाट एकजनापनि प्रभावित नभएको दाबी गरिरहेको उत्तर कोरियाले विभिन्न नियमहरु भने बनाएको छ ।

उत्तर कोरिया सरकारले डाक्टरको सल्लाहविना कुसैले पनि औषधि प्रयोग नगर्न भनेको छ ।

रक्सीजन्य पदार्थको प्रयोग नगर्न सुझाव दिदै उत्तर कोरियाले यसले शरिरको प्रतिरोधी क्षमता कमजोर हुने बताएको छ । सरकारले लसुन प्याज महजस्तो खाद्य पदार्थ सुझाव दिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस !