४ आश्विन २०८१, शुक्रबार

कोरोना संकटका बेला अस्पताल नआएपछि लुम्बिनी प्रादेशिक अस्पतालका ५ डाक्टर सेवाबाट बर्खास्त

प्रकाशित मिति :  8 April, 2020 1:09 pm


रुपन्देही, २६ चैत । कोरोना भाइरसको  संकटका बेला अस्पतालमा अनुपस्थित भएपछि बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालका ५ जना चिकित्सकलाई सेवाबाट हटाईएको छ ।

विना सूचना अस्पतालमा उपस्थित नभएका ५ जना चिकित्सकहरुलाई सेवाबाट हटाईएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. राजेन्द्र प्रसाद खनालले लुम्बिनी सञ्चारलाई जानकारी दिए ।

उनले भने,‘ यस्तो संकटको बेला विना जानकारी बस्ने डाक्टरहरुको आवश्यकता के रहयो र ? उहाँहरुलाई सेवाबाटै हटाईएको छ । उहाँहरु सबै करारमा हुनुहुन्थ्यो ।’

सेवाबाट हटाईएका डाक्टरहरु मध्य रेडियोलोजी विभागमा कार्यरत डा. बरदान वली र डा. ताराप्रसाद शर्मा, इएनटी विभागका डा.प्रकाश न्यौपाने, युरो सर्जन डा. सुवासचन्द्र चौधरी, आकस्मीक विभागमा कार्यरत डा. प्रकृती कार्की रहेका छन् ।

करारमा रहेका चिकित्सकको रेकर्ड सरकारी फाईलमा समेत रहने छ । प्रमुख डाक्टर खनालले भने,‘ यस्तो बेलापनि गैर जिम्मेबार भएपछि हामीले रेकर्ड पठाएका छौं ।’ कोरोना भाइरसको संकटका बेला पाँचै जना डाक्टर विना जानकारी अस्पतालमा अनुपस्थित भएका थिए ।



प्रतिक्रिया दिनुहोस !