३० कार्तिक २०८१, शुक्रबार

मापदण्डभन्दा बढी धूँवा फाल्ने २० वटा सवारी साधन कारबाहीमा

प्रकाशित मिति :  24 January, 2023 10:44 am


काठमाडौँ । काठमाडौँको सुकेधारामा सोमबार गरिएको प्रदुषण चेकिङका क्रममा मापदण्डभन्दा बढी धूँवा फाल्ने २० वटा सवारी साधन कारबाहीमा परेका छन् ।

मापदण्डभन्दा बढी धूँवा फाल्ने पिकअप भ्यान ६, भाडाका बस ५, माइक्रोबस ४, हात्ती गाडी ३, टाटासुमो १ र पर्यटक गाडी १ गरी २० वटा सवारी साधन कारबाहीमा परेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

वातावरण विभाग बबरमहल र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रूपमा खटिएको टोलीले सोमबार सुकेधारामा ४६ वटा सवारी साधनलाई चेक गर्ने क्रममा मापदण्डभन्दा बढी धूँवा फाल्ने २० वटा सवारी साधन कारबाहीमा परेका हुन् ।

मापदण्डभन्दा बढी धूँवा फाल्ने सवारी साधन चलाउँदा वायु प्रदुषण बढ्न गइ मानव स्वास्थ्यमा गम्भीर समस्या हुनुका साथै दुर्घटनाको जोखिम समेत हुने भएकाले सवारी साधनको अवस्था चेकजाँचलाई तीव्रता दिएको प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक भट्टले बताए ।



प्रतिक्रिया दिनुहोस !