२८ पुस २०८१, आइतबार

बाग्मती प्रदेशका मन्त्रिहरुको टुंगो लाग्यो, आजै सपथ ग्रहण

प्रकाशित मिति :  25 January, 2023 1:18 pm


काठमाडौं । बागमती प्रदेशमा एमाले राप्रपा र माओवादीका मन्त्रीहरुको टुंगो लागेको छ । प्रदेशमा एमाले र माओवादीले ४ ४ तथा राप्रपाले ३ मन्त्रालय पाउने सहमती भएअनुसार दलहरुले आ(आफ्ना मन्त्रीको नाम टुंगो लगाएका हुन् ।

नेकपा एमालेबाट मकवानपुरका एकालाल श्रेष्ठ श्रम रोजगार तथा यातायात, ललितपुरका रामेश्वर श्रेष्ठ स्वास्थ्य र काठमाडौंका केशवप्रसाद पोखरेल कृषि तथा पशुपन्छी विकास मन्त्री बन्ने भएका छन् ।

यसैगरी माओवादीबाट सिन्धुलीका गंगानारायण श्रेष्ठ आन्तरिक मामिला तथा कानून, सिन्धुपाल्चोकका युवराज दुलाल भौतिक पूर्वाधार विकास र मकवानपुरका कुमारी मोक्तान सामाजिक विकास मन्त्री बन्ने भएका छन् ।

राप्रपाबाट डम्बरबहादुर तामाङ उद्योग, पर्यटन र सहकारी मन्त्री र राजु बिष्ट वन तथा वातावरण मन्त्री बन्ने भएका छन् । राप्रपा संसदीय दलका नेता उद्धव थापा खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्री बन्ने भएका छन् ।

नवनियुक्त मन्त्रीहरूको सपथ दिउँसो २ बजेलाई राखिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !