४ आश्विन २०८१, शुक्रबार

दाङको राप्ती गाँउपालिकाले स्थापना गरेको राहत कोषमा रकम संकलन हुनेक्रम जारी

प्रकाशित मिति :  8 April, 2020 6:02 pm


दाङ,२६ चैत ।

दाङको राप्ती गाँउपालिकाले स्थापना गरेको राहत कोषमा रकम संकलन हुनेक्रम जारी छ । आज राप्ती गाँउपालिका प्याब्सन र एनप्याब्सनले राहत कोषमा ६१ हजार १ सय ११ रुपैयाँ जम्मा गरेका छन्।

प्याब्सन र एनप्याब्सन राप्ती गाँउपालिकाले लकडाउनको अवधिमा अशक्त,असाय तथा दैनिक ज्या मजदुरी गरी साँझ विहान जीविकोपार्जन गर्न कठिन अवस्थामा रहेका समुदायको सुरक्षाका लागि संयुक्त रुपमा रकम जम्मा गरेकाे जनाएका छन्।

राहत रकम बुझ्दै राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले स्थानीय सरकारले विश्व ब्यापी महामारी कोरना भाईरसको संक्रमण रोकथाममा नागरिकलाई लकडाउनमा बस्न आब्हान गरिरहेको र समुदायमा असहाय, अपाङ्ग, असक्त, गरिव विपन्न र दैनिक ज्यालादारी गरि जिवन यापन गर्ने परिवारलाई सक्दो राहत रामाग्री दिदै आएको बताए । उनले सहयोगका लागि धन्यवाद दिएका थिए ।

त्यस्तै राप्ती गाँउपालिका क्षेत्रमा काम गर्दै आएको नामसालिङ सामुदायिक विकास केन्द्रले कोषमा ५० हजार रुपैयाँ सहयोग गरेको छ ।

नामसालिङ सामुदायिक विकास केन्द्र ईलामको कार्यक्रम संयोजन र व्यवस्थापन समितिको निर्णय अनुसार रकम जम्मा गरिएको केन्द्रका कार्यक्रम संयोजक विनोद निरौलाले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !