उजुरी बढेपछि सहकारीको नियमनमा बालेनको चासो
प्रकाशित मिति : 31 January, 2023 11:45 am
काठमाडौं । सहकारी संस्थाहरूमा ठगीका गुनासो बढेपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले चासो देखाएका छन् ।
मेयर शाह नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेट्न सोमबार राष्ट्रबैंक पुगेका थिए । काठमाडौं महानगरको क्षेत्राधिकारअन्तर्गत रहेका सहकारी संस्थाको नियमन र सुपरिवेक्षणको सन्दर्भमा गभर्नर अधिकारी मेयर शाहबिच छलफल भएको हो ।
राष्ट्र बैंकका अनुसार उनीहरूबिच समसामयिक आर्थिक स्थितिका विषयमा समेत छलफल भएको थियो ।
देशभर रहेका करिब ३२ हजार सहकारी तीन तहका सरकारको नियमन तथा सुपरीवेक्षण राम्रो नहुँदा गुनासो तथा उजुरीको संख्या बढ्दो छ ।