४ आश्विन २०८१, शुक्रबार

रोल्पाको लुङ्ग्री गाँउपालिकामा आवातजावत रोक्न स्यवंसेवक, एउटा वडाबाट अर्कोमा जान नपाईने

प्रकाशित मिति :  9 April, 2020 7:51 am


रोल्पा,२७ चैत ।

रोल्पाको लुङ्ग्री गाँउपालिकाले आवतजावत रोक्न स्वयंसेवक खटाउने निर्णय गरेको छ ।

गाँउपालिका छिर्ने २१ नाकामध्य मुख्य नाकामा २४ सै घण्टा र अन्य नाकामा विहानदेखि बेलुकीसम्म स्यंसेवक खटाउने निर्णय गरिएको अध्यक्ष दुर्गाबहादुर खड्काले जानकारी दिए ।

अध्यक्ष खड्काले भने,‘उहाँहरु आजैदेखि खटिनुहुन्छ र प्रत्येक नाकामा २ जनाका दरले पालैपालो बस्नुहुने छ ।’

गाँउपालिकाले बेरोजगार रहेका स्थानीयलाई स्यवंसेवकको रुपमा परिचालन गर्ने र केही पारिश्रमिक उपलब्ध गराउने निर्णय समेत गरेको छ । अध्यक्ष खड्काले भने,‘सित्तैमा लगाउनुभन्दा जो अलि बेरोजगार र विपन्न परिवारका मान्छे छन् उनीहरुलाई स्यवंसेवकको रुपमा परिचालन गर्ने निर्णय गरेका छौं ।’

स्वयंसेवकहरुले गाँउपालिकाभित्र को भित्रियो र बाहिरयो भन्ने सूचि समेत राख्नेछन् । स्वयंसेवक खटाउने काम वडा अध्यक्षहरुलाई दिईएको   छ ।

अति आवश्यक कामका लागि आवतजावत गर्ने मानिस र सवारी साधनलाई गाँउपालिकाबाट सिफारिस लिएर मात्रै आवत जावत गर्न पाउने छन् ।

देशका अन्य ठाँउबाट र विदेशबाट आएका शंकास्पद विरामीबारे सम्बन्धित वडा अध्यक्षलाई जानकारी गराउनुपर्ने जिम्मा महिला स्वास्थ्य स्यवंसेविकालाई दिईको छ ।

गाँउपालिकाले अत्यावश्यक कामका लागि आएका व्यक्तिलाई पनि सकेसम्म गाँउपालिकाभित्र धेरै समय बस्न नदिने निर्णय गरेको छ । छिटो काम सकेर एकैदिनमा नै फर्कने गरि व्यस्था गर्ने अध्यक्ष खड्काको भनाई छ ।

एउटा वडाबाट अर्को वडामा जानपनि गाँउपालिकाले रोक लगाएको छ । अति आवश्यक काम परे वडा अध्यक्षको सिफारिस लिएर मात्रै जान पाईने छ ।

गााउपालिकाले आफ्नो कार्यक्षेत्रभित्र रहेका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई कोरोना भाइरस रोगथाम तथा नियन्त्रयण सम्बन्धि जनचेतनामूलक कार्यक्रम गर्न भनेको छ ।



प्रतिक्रिया दिनुहोस !