३ आश्विन २०८१, बिहिबार

कोरोना : अमेरीकामा पछिल्लो दुइदिनमा मात्रै ३९ सय जनाको मृत्यु, विश्वभर ८८ हजार भन्दा धेरैको ज्यान गयो

प्रकाशित मिति :  9 April, 2020 9:16 am


एजेन्सी,२७ चैत । अमेरीकामा कोरोना भाइरसका कारण पछिल्लो दुइदिनमा मात्रै ३९ सय जनाको ज्यान गएको छ ।

मंगलबार एकैदिन १९ सय ३९ जनाको मृत्यु भएकोमा पछिल्लो २४ घण्टामा त्यो संख्या बढेर १९ सय ७३ पुगेको छ ।

अमेरीकामा अहिलेसम्म १४ हजार ६ सय ९५ जनाको मृत्यु भइसकेको छ भने ४ लाख ३१ हजार ८ सय ३८ संक्रमित भेटिएका छन् ।

अमेरीकामा कोरोनाको सबैभन्दा ठूलो संक्रमित संख्या देखिएको छ । इटलीमा १७ हजार ६ सय ६९ जनाको मृथ्यु भएको छ भने स्पेनमा १४ हजार ७ सय ९२ जनाको मृत्यु भएको छ ।

छिमेकी मुलुक भारतमा समेत कोरोना भाइरसको संक्रमण तिब्र फैलिएको देखिएको छ ।

अहिलेसम्म ५ हजार भन्दा भन्दा धेरै संक्रमित भेटिएको पुष्टि भएको छ भने १ सय ४९ जनाको मृत्यु भइसकेको छ ।

बेलायतमा मात्रै पछिल्लो २४ घण्टमा ९ सय ३८ जनाको मृत्यु भएको छ । अहिलेसम्म बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७ हजार ९७ पुगेको छ ।

अहिलेसम्म विश्वभर संक्रमितको संख्या १५ लाख पार गरेको छ भने ८८ हजार भन्दा धेरैको मृत्यु भइसकेको छ ।

विश्व कोरोना भाइरसबाट आक्रान्त भइरहेका बेला अमेरीका र विश्व स्वास्थ्य संगठन एक आपसमा आरोप प्रत्यारोपमा उत्रिएका छन् ।

अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई साथ दिएको आरोप लगाएका थिए ।

उनले विश्व स्वास्थ्य संगठनलाई दिने अनुदान रोक्ने समेत चेतावनी दिएपछि विश्व स्वास्थ्य संगठनका प्रमुखले कोरोना भाइरसलाइ राजनीतिकरण नगर्न आग्रह गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !