अवस्था ठिक नभएका सवारी साधन चलाउने २८ जनालाई कारबाही
प्रकाशित मिति : 3 February, 2023 5:35 pm
काठमाडौँ । काठमाडौँको किर्तिपुरमा शुक्रबार गरिएको विशेष चेकिङका क्रममा यान्त्रिक अवस्था ठिक नभएका २८ वटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।
दक्ष तालिम प्राप्त प्राविधिक सहितको टोलिद्धारा ११० भन्दा बढी सवारी साधन चेक गर्दा हेण्डब्रेक नभएका, लाईटहरु दुरुस्त नभएका, टायर धेरै घिस्रिएका लगायत अवस्था ठिक नभएका २८ ओटा सवारी साधनका चालकलाई कारबाही गरिएको हो । सवारी साधन मर्मत पश्चात तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिइने छ ।
अवस्था ठिक नभएका सवारी साधन चलाउँदा दुर्घटनाको जोखिम हुने हुनाले सवारी साधनको अवस्था चेकजाँच गरी दुरुस्त अवस्थामा रहेका सवारी साधन मात्र चलाउन काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ।