२५ पुस २०८१, बिहिबार

सूचना र संचार दुर्गमसम्म पुग्नुपर्छ : मन्त्री शर्मा

प्रकाशित मिति :  5 February, 2023 2:33 pm


काठमाडौँ । संचार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको दुर्गम ठाउँसम्म सरल र सुलभ रुपमा सूचना र संचारको पहुँच पुग्नु पर्ने बताइन् ।

नेपाल टेलिकमको १९ औं वार्षिकोत्सवको अवसरमा आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै नविन प्रविधिको अवलम्बन गरेर आधुनिक सेवा सुविधा प्रभाव गराउने कार्यमा कम्पनीको योगदान प्रशंस गर्न लायक रहेको बताएकी छन् ।

शर्माले भनिन्, “विश्वमा औद्योगिक क्रान्ति पछि सूचना प्रविधिमा आएको क्रान्तिले आज समग्रा विश्वलाई एउटा हत्केलोमा कैद गर्न सकेको छ । वर्तमान संविधानले समाजवादोन्मुख अर्थतन्त्रको परिकल्पना गरेको भन्दै नेपाल टेलिकमजस्ता आत्मनिर्भर संस्थानको संरक्षण र सम्वर्द्धन गरी सेवा प्रवाह, रोजगारी सिर्जना र राजस्वको महत्वपूर्ण स्रोतका रुपमा स्थापित गर्ने राज्यको प्राथमिकता हुनेछ ।’’

दुर्गमका कार्यालयमा कर्मचारीको अभावमा सेवा प्रभावकारी हुन नसकेको, समयमै मर्मत हुन नसकेको समस्यालाई छिट्टै समाधान गर्नुपर्ने उनको भनाइ छ । उनले ग्राहक सन्तुष्टिलाई उच्च प्राथमिकता दिन जरुरी भएको बताइन् ।

सरकारले सूचना प्रविधिको प्रयोगमार्फत नागरिकलाई प्रदान गर्ने सबैखाले सेवालाई सरल, सुलभ र विनाअवरोध उपलब्ध गराउन सबैको साझा दायित्व रहेको बताइन् ।

उनले आजका दिनसम्म कम्पनीले तीन हजार आठ सय कर्मचारीमार्फत उत्पादन देशभरिका एक करोडभन्दा बढी ग्राहकसँग सेवा पुर्‍याएको भन्दै आगामी दिनमा जनताले प्रत्यक्ष लाभ महसुस गर्ने सेवालाई परिमार्जन र उत्पादन गर्दै थप जनतासम्म पुग्नुपर्ने आवश्यकता रहेको बताइन् ।

त्यस्तै संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले टेलिकमले विगतमा भएका कमिकमजोरीलाई नियालेर अगामी दिनमा थप सशक्त ढङ्गले अघि बढ्न पर्ने आवश्यक रहेको बताएका छन् । उनले भने, “ पछिल्लो समय नेर्टवर्कमा आएको समस्याले गर्दा मानिसहरुमा विश्वास घुमाउन बाध्य हुनु परेको छ । बजारमा अहिले प्रतिशप्रधा बढ्दो रहेको छ । हामीले नागरिकलाई सहज र सुलभ सुविधा दिएनौँ भने अगामी दिनमा हामीलाई विश्वास गरेर बस्नुपर्ने वातावरण छैन ।’’

कम्पनीका अनुसार मंसिर मसान्तसम्ममा २ करोड १३ लाख ग्राहक नघिसकेको छ भने यसमध्ये कम्पनीको फोरजी एलटिई सेवाका प्रयोगकर्ता १ करोड १५ लाख भन्दा बढी रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !