५ आश्विन २०८१, शनिबार

यी हुन सर्वाधिक खर्च गर्ने फोन प्रयोगकर्ता

प्रकाशित मिति :  5 February, 2023 2:54 pm


काठमाडौँ । नेपाल टेलिकमको १९ औं वार्षिकोत्सवको अवसरमा आफ्ना सेवाहरुमा सर्वाधिक खर्च गर्ने ग्राहकहरुलाई सम्‍मान गरेको छ।

नख्खु कारागार सर्वाधिक पोस्टपेड फोन प्रयोगकर्ताको रुपमा सम्म‍ानित भएको छ । यस्तै टेलिकमले सबैभन्दा धेरै प्रिपेड फोन प्रयोगकर्ताको रुपमा कारागार व्‍यवस्था विभाग डिल्लीबजारलाई सम्मान गरेको छ । भ्यालु एडेड सर्भिसेजतर्फ जेनेक्स प्रालि र नन सब्सक्रिप्शनतर्फ एफ वान सफ्ट इन्टरनेशनल प्रालि सम्मानि भएकाे टेलिकमले जनाएकाे छ ।

त्यस्तै टेलिकमको सीयूजी सेवा सरकारीतर्फ नेपाल प्रहरी नक्साल,काठमाडौँ र सीयूजी निजीतर्फ सुमो कन्स्ट्रक्शन इन्जिनिरिङ प्रालि सबैभन्दा धेरै सेवा प्रयोग गर्ने ग्राहक बनेको छ।

एफटीटीएचतर्फ सिटिजन्स इन्स्योरेन्स, सीपी पीबीएक्सतर्फ वर्ल्ड लिंक कम्‍युनिकेशन सबैभन्दा धेरै प्रयोग गर्ने ग्राहक भएको टेलिकमले जनाएको छ।

त्यस्तै लिजलाइन सेवा सरकारीतर्फ राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआइटीसी) तथा निजितर्फ सानिमा विकास बैंकलाई टेलिकमले सम्मान गरेको छ भने ल्याण्डलाइन फोन सबैभन्दा धेरै प्रयोग गर्ने ग्बोलब आइएमई बैंक समेत सम्मानित भएकाे छ ।



प्रतिक्रिया दिनुहोस !