टर्कीमा ७. ८ म्याग्नेच्यूटको भुकम्प
प्रकाशित मिति : 6 February, 2023 10:33 am
काठमाडौं । टर्कीमा शक्तिशाली भूकम्प गएको छ। स्थानिय समय अनुसार सोमबार बिहान ४ बजेर १७ मिनेटमा ७.८ म्याग्नेच्यूटको शक्तिशाली भूकम्प गएको बीबीसीले जनाएको छ।
भुकम्पले ठूलो धनजनको क्षति गरेको छ । अधिकाशं भवन भत्किएको र अहिलेसम्म १७ जनाको ज्यान गएको बीबीसीले जनाएको छ ।
दक्षिणपूर्वी टर्कीको गाजियान्टापबाट करिब ३३ किलोमिटरको दुरी केन्द्रविन्दु बनाएर ७. ८ म्याग्नेच्यूटको भूकम्पको गएको अमेरिकाको जियोलोजिकल सर्भेले जनाएको छ।
बीबीसीका अनुसार भुकम्पको धक्का सिरिया र लेबनानसम्म महसुस गरिएको थियो । भूकम्पको पूर्ण क्षतिको विवरण भने आउन बाँकी छ। सन् १९९९ मा टर्कीको उत्तरपश्चिममा गएको शक्तिशाली भुकम्पमा परी १८ हजार मानिसको मत्यु भएको थियो ।