४ आश्विन २०८१, शुक्रबार

प्रदेश-५ मा र्यापिड किट टेष्ट मार्फत क्वारेन्टाइनमा बसेकाहरुको परीक्षण सुरु

प्रकाशित मिति :  9 April, 2020 1:44 pm


Coronavirus blood test concept. Doctor hands in medical gloves holding test tube with blood for Coronavirus analysis over laboratory desk. 2019-nCoV Coronavirus originating in Wuhan, China

रुपन्देही, २७ चैत ।

प्रदेश-५ मा र्यापिड किट टेष्ट मार्फत क्वारेन्टाइनमा बसेकाहरुको परीक्षण सुरु भएको छ ।

र्यापिड किट पुगेसँगै जनस्वास्थ्य कार्यालय रुपन्देहीले आजैदेखि जनशक्ति परिचालन गरेको छ भने अन्य जिल्लामा किट पठाउने तयारी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार प्रदेश ५ मा २६ सय २ जना क्वारेन्टाइनमा बसेका छन् भने ३४ जनाको आइसोलेशनमा उपचार भईरहेको छ ।

प्रदेश ५ का लागि झण्डै ५ हजार पुगेको छ ।

समाजिक विकास मन्त्रालयमा आज बसेको बैठकले जिल्लाहरुमा छिटो किट पुराउने निर्णय गरेको छ ।

जनस्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीले भने,‘हामीले आजै किट बुझेर काम सुरु गरेका छौं, हिजो अभिमुखिकरण तालिम पनि सञ्चालन गरेयौं र आजैदेखि जनशक्ति परिचालन भईसकेको छ ।’



प्रतिक्रिया दिनुहोस !