सन्धिखर्क –१२ का विद्यार्थीलाई छात्रवृत्ति वितरण
अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं. १२का सबै विद्यार्थीहरुलाई छात्तवृत्ति वितरण गरिएको छ ।
सन्धिखर्क वडा नं. १२का वडा अध्यक्ष नारायण खड्काले आर्थिक वर्ष ०७९/०८० मा वडाबाट विनियोजन गरेको २ लाख रुपैँयाबाट पाणिनी बहुमुखी क्याम्पसमा अध्ययनरत वडाका सम्पूर्ण विद्यार्थीहरुलाई वितरण गरेका हुन् ।
पाणिनी क्याम्पसमा अध्यनरत वडाका २५ जना विद्यार्थीलाई प्रति विद्यार्थी ८ हजार रुपैयाँकादरले छात्रवृत्ति वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।
विकासका पूर्वाधारसँग शिक्षा क्षेत्रपनि महत्वपूण रहेको हुनाले वडाको छात्रवृत्ति कार्यक्रम प्रभावकारी रहेको नगरपालिका प्रमुख प्रशासकिय अधिकृत खुमलाल भुसालले बताए ।
साथै शिक्षामा गुणस्तर वृद्धि गर्नको लागि नगरपालिका स्तरबाटै वृहत कार्ययोजना बनाई अघि बढाउन पहल गर्ने उनले बताए ।
भूसालका अनुसार सन्धिखर्क नगरपालिकाले चालु आर्थिक वर्षमै ६ लाख रुपैँया छात्रवृत्तिमा विनीयोजन गरेको थियो ।
सन्धिखर्क–५ का वडा अध्यक्ष ऋषव अधिकारीले वाङ्गलाका १३ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको स्मरण गर्दै शिक्षाको क्षेत्रमा परिर्वतन नभएसम्म समाजको विकास हुन नसक्ने बताए ।
त्यस्तै सन्धिखर्क– १ का वडा अध्यक्ष माधव श्रेष्ठले अर्को आर्थिक वर्षमो भौतिक पुर्वाधारका साथै गुणस्तरीय शिक्षाको लागि क्याम्पसलाई प्राथमिकतामा राख्ने बताए ।