८ मंसिर २०८१, शनिबार

बालिका छात्रवृत्ति अभियान : ३४ जनालाई दोस्रो वर्षको छात्रवृत्ति प्रदान

प्रकाशित मिति :  8 February, 2023 4:55 pm


काठमाडौँ । मानव अधिकार तथा शान्ति समाजले ७ कक्षामा अध्ययनरत दलित समुदायका विपन्न परिवारका ३४ जना बालिका प्रत्येकलाई रु। १२ हजारका दरले रु।४ लाख ८ हजारको छात्रवृत्ति प्रदान गरेको छ।

मोरङ जिल्लाको थलाहामा माघ २५ गते आयोजित कार्यक्रममा कटहरी गाँउपालिका, थलाहास्थित श्री जनता मा।वि का २७ जना र धनपालथान गाउँपालिका दादर वैरियाको सरस्वती मा।वि।का सात जना गरी ३४ जना बालिकालाई वर्ष २०७९ को छात्रवृत्ति रकम प्रदान गरिएको हो।

पाँच वर्षे छात्रवृत्ति अभियानअन्तर्गत पहिलो वर्ष २०७८ मा ६ कक्षामा अध्ययनरत ३७ जना बालिकालाई छात्रवृत्ति प्रदान गरिएकोमा सोमध्ये यस वर्ष ३ जनाले विद्यालय परित्याग गरेको हुँदा ३४ जना बालिकालाई प्रदान गरिएको हो।

‘छोरी पढाऔँ गरिमा बढाऔँ’ भन्ने आह्वानसहित मानव अधिकार तथा शान्ति समाजले प्रारम्भ गरेको बालिका छात्रवृत्ति अभियान अन्र्तगत पाँच वर्षसम्म अर्थात १० कक्षा पुगुन्जेलसम्म यिनै बालिकाहरुलाई रु। १२ हजारका दरले छात्रवृत्ति प्रदान गरिने उक्त संस्थाले जनाएकाे छ ।



प्रतिक्रिया दिनुहोस !