५ आश्विन २०८१, शनिबार

क्यान इन्फाेटेक २०२३ः आईसीटी सेमिनार सुरु 

प्रकाशित मिति :  9 February, 2023 7:44 am


काठमाडाैँ। राजधानी काठमाडाैँमा चलिरहेकाे इन्फाेडेभलपर्स क्यान इन्फाेटेक अन्तर्गत आईसीटी सेमिनार सुरु भएकाे छ । माघ २५ गतेदेखि हुने सेमिनारकाे पूर्वनिर्धारित कार्यक्रम अन्तर्गत भृकुटीमण्डपस्थित पर्यटनबाेर्डकाे सभाहलमा क्यान महासंघले काेड फर चेन्जसँगकाे सहकार्यमा सेमिनार पहिलाे सेमिनार सम्पन्न भएकाे छ । 

पहिलाे सेमिनार बुधबार  प्रविधि उद्योग र एकेडमीबीच अन्तर विषययक रह्याे । आईटी इनोभेसन सेन्टर त्रिभुवन विश्वविद्यालयका निर्देशक प्राडा. सुवर्ण शाक्यकाे प्रमुख आतिथ्यमा सम्पन्न सेमिनारमा उपस्थित सहभागीले सूचना प्रविधि क्षेत्र र शैक्षिक संस्थाबिचकाे सम्बन्धका विषयमा चर्चा गरेका थिए। 

सेमिनारकाे प्यानलिस्टमा नेपाल सरकारका उपसचिव  सुवास ढकाल, टेक्सास कलेजका प्रमुख कार्यकारी अधिकृत एवं प्रिन्सिपल भेषराज पोखरेल, त्रिभुवन विश्वविद्यालयका सीएसआईटी डिपार्टमेन्टका उपप्राध्यापक नवराज पौडेल, स्मार्ट च्वाइस टेक्नोलोजी लिमिटेडका सीईओ नारायण प्रकाश भुजेल तथा बीआईसी टेक्नोलोजीका सहसंस्थापक प्राथना शाक्य समेत रहेका थिए । 

कार्यक्रममा विभिन्न आइटी कलेजका शिक्षक र विद्यार्थीहरुसमेतकाे बाक्लाे उपस्थिति थियाे । पहिलाे सेमिनारले लक्षित वर्गका विषय उठान गर्न सहयाेगीभी भूमिका खेलेकाे क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले बताए।

आज (बिहीबार) ब्लकचेन प्रविधिका विषयमा हुनेछ भने माघ २८ गते फिनटेक र नेपालमा इन्टरनेट इकोसिस्टम विषय गरी थप तीन सेमिनार हुने अधिकारीले बताए ।



प्रतिक्रिया दिनुहोस !