संसद बैठकलाई आज सम्बोधन गर्दै राष्ट्रपति
प्रकाशित मिति : 10 February, 2023 11:35 am
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दैछिन् । राष्ट्रपतिबाट हुने सम्बोधनका लागि संघीय संसद् सचिवालयले आवश्यक तयारी गरिसकेको जनाएको छ ।
राष्ट्रपति भण्डारीले अपराह्न ३ बजे संघीय संसदको दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यसूची छ । उनले गर्ने सम्बोधनको प्रति प्रधानमन्त्री पुष्पकमल दाहालले आजै बस्ने प्रतिनिधिसभा र राष्ट्रियसभामा छुट्टाछुट्टै टेबल गर्नेछन् ।
गत मंसिर ४ मा भएको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनपछि गठन भएको प्रतिनिधि सभाको पहिलो अधिवेशन जारी छ। पहिलो अधिवेशन भएकाले राष्ट्रपतिले सम्बोधन गर्न लागेकी हुन्।