९ मंसिर २०८१, आइतबार

चिकित्सक संघले आकस्मिक बाहेकका सेवा बन्द गरेपछि वीर अस्पताल अगाडि बिरामीको प्रर्दशन

प्रकाशित मिति :  12 February, 2023 10:49 am


काठमाडौं । नेपाल चिकित्सक संघको आह्वानमा आज देशभरका अस्पतालहरुमा आकस्मिक बाहेकका सेवा बन्द गरेपछि उपचार सेवाको माग गर्दै बिरामी र तिनका आफन्तहरुले वीर अस्पताल अगाडि प्रदर्शनमा उत्रिएका छन् ।

आज बिहान अस्पताल पुगेका बिरामीहरुलाई अस्पतालले ओपीडी सेवा बन्द रहेको भन्दै फर्काएपछि बिरामी र तिनका आफ्न्तले प्रर्दशनमा उत्रिएका हुन । प्रदर्शनको कारण यातायात सेवा समेत प्रभावित भएको थियो ।

बिहिबार राष्ट्रपतिको सवारीका क्रममा प्रहरीले चिकित्सकमाथि हातपात गरेको भन्दै आज देशभरि आकस्मिक बाहेकका सेवा अवरुद्ध छन् ।



प्रतिक्रिया दिनुहोस !