भीरकोटमा १ दिने स्वास्थ्य शिविर संचालन हुने
स्याङ्जा । फागुन ५ गते शुक्रबार स्याङ्जाको भीरकोट नगरपालिकामा एक दिने स्वास्थ्य शिविर संचालन हुने भएको छ ।
संन्त निरकारी मण्डल शाखा कार्यालय भीरकोटको आयोजना र मणिपाल शिक्षण अस्पताल , पोखराको प्राविधिक सहयोगमा भीरकोट नगरपालिकामा एक दिने स्वास्थ्य शिविर संचालन हुने भएको हो।
मणिपाल शिक्षण अस्पताल पोखराका अनुभवी विशेषज्ञ डाक्टरको टोलीद्वारा निरंकारी मण्डलको कार्यालय बयरघारीमा आँखा तथा प्रसुती रोग सम्बन्धी १ दिने शिविर सञ्चालन हुने आयोजक संस्थाका अध्यक्ष याम बहादुर खत्रीले जानकारी दिए।
उक्त दिन बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म शिविर संचालन हुने बताइएको छ। अध्यक्ष खत्रीले भीरकोटबासी जनसमुदायलाई स्वास्थ्य शिविरमा उपस्थित भई स्वास्थ्य उपचार सेवा लिन आग्रह गरेका छ्न् । थप उपचार आवश्यक पर्ने बिरामीलाई मणिपाल अस्पताल पोखराले सहुलियतपूर्ण उपचार सेवा प्रदान गर्ने आयोजकले जनाएको छ।