२८ पुस २०८१, आइतबार

सार्वजनिक विदा प्रति माइतीघरमा विरोधसभा

प्रकाशित मिति :  13 February, 2023 5:21 pm


काठमाडौँ । राष्ट्र र जनतासँग प्रत्येक्ष सरोकार राख्ने सार्वजनिक विदा राजनीतिक दल विशेष बन्दै गएको प्रति सार्वजनिक सरोकार मञ्चले आज माइतीघर मण्डलामा एक कार्यक्रम राखी घोर भर्सना गरेको छ ।

बढ्दो बेरोजगारसँगै आर्थिकरुपमा जर्जर रहेको मुलुकमा एक पछि अर्को गर्दै राज्यशक्तिको चरम दुरुपयोग गरी मनलागि सार्वजनिक विदा दिएको भन्दै मञ्चले विरोध जनाएको हो । एक दिनको सार्वजनिक विदाले राज्यलाई पर्ने आर्थिक भारदेखि नागरिकले पाउने प्रशासनिक सेवामा प्रभावित, विद्यार्थीहरुमा पर्ने पढाईमा बोझ र न्यायलयमा तारिक पेसी फैसला लगायतमा असर पर्ने भएपनि सरकार बेखबर रहेको मञ्चले जनाएको छ ।

हरेक जात विशेष पर्वमा विदा, राजनीतिक पार्टी स्थापनाको विदा (शस्त्रयुद्ध दिवस सार्वजनिक विदा) लगायतका विदाले देशको आर्थिक अवस्था चुनौती बन्दै गएको सार्वजनिक सरोकार मञ्चका संयोजकसमेत रहेका डा.कृष्ण कुमार तामाङले बताए ।

विराेधसभामा राधाकृष्ण कटवालले सार्वजनिक विदा सम्बन्धमा स्पष्ट कानुन बनाउन जरुरी रहेको बताए । जसलाई जति बेला मन लाग्यो त्यति बेला सार्वजनिक विदा दिन नमिल्ने कानुन निर्माण हुन जरुरी भएको पनि कटवालले बताए । रेमिट्यान्समा चलेको देशमा कर्मचारी रिजाउन विदा माथि विदा दिने संस्कारको अन्त्य हुनुपर्नेमा पनि कटवालले जोड दिए ।



प्रतिक्रिया दिनुहोस !