६ आश्विन २०८१, आइतबार

ताजा तरकारी कूल आवश्यकताको २.२५ प्रतिशत मात्र आयातको हिस्सा

प्रकाशित मिति :  15 February, 2023 12:07 pm


काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चालू आर्थिक वर्षको ६ महिनामा ४१ लाख ५३ हजार मेट्रिक टन तरकारी उत्पादन भएको जनाएको छ ।

मन्त्रालयले चालू आर्थिक वर्षको अर्ध वार्षिक समिक्षामा ४२ लाख ४९ हजार मेट्रिक टन ताजा तरकारी आवश्यकता रहेको थियो । जसमध्ये ४१ लाख ५३ हजार मेट्रिक टन तरकारी नेपालमा नै आयात भएको मन्त्रालयले जनाएको छ ।

चालू आर्थिक वर्षको ६ महिनामा ९५ हजार मेट्रिक टन मात्र ताजा तरकारी आयात भएको मन्त्रालयले उल्लेख गरेको छ ।

ताजा तरकारी कूल आवश्यकतामा आयातको हिस्सा २.२५ प्रतिशत रहेको मन्त्रालयले उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस !