११ आश्विन २०८१, शुक्रबार

ग्याँस सिलिण्डर विष्फोट हुँदा कांग्रेस नेता चन्द्र भण्डारी र उनकी आमा घाइते

प्रकाशित मिति :  16 February, 2023 7:46 am


काठमाडौँ । नेपाली कांग्रेसका नेता चन्द्रकान्त भण्डारीको घरमा ग्यास सिलिण्डर बिस्फोट भएको छ।

गएराति उनको निवास बुद्धनगरमा सिलिण्डर बिस्फोट हुँदा भण्डारी र उनकी ८६ बर्षिय आमा समेत घाइते भएकी छिन् । उनीहरूको कीर्तिपुरमा रहेको बर्न अस्‍पतालमा उपचार जारी छ।

कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक संञ्जालमार्फत ग्यास सिलिण्डर बिस्फोटबाट घाइते नेता भण्डारी र उनकी आमाको उपचार जारी रहेको जानकारी दिए।

चिकित्सकहरूका अनुसार चन्द्रको शरिरको करिब २५ प्रतिशत भाग र आमाको करिब ७० प्रतिशत भागमा जलेको छ।

राति खाना खाएर सुतेको बेला सिलिण्डर विस्फोट भएको उनको पारिवारीक स्रोतले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !