११ आश्विन २०८१, शुक्रबार

बिहिबार यस्तो रहनेछ मौसम

प्रकाशित मिति :  16 February, 2023 7:58 am


काठमाडौँ । हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन।

जल तथा मौसम पूर्वानुमान महाशाखाको जानकरी अनुसार प्रदेश नं १ लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा मा आशिंक देखि सामान्य बदली रहेको छ ।

आज दिउँसो प्रदेश नं १ को पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

त्यस्तै राति सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत प्रदेश नं १ को पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।



प्रतिक्रिया दिनुहोस !