११ आश्विन २०८१, शुक्रबार

ग्यास विस्फोटमा घाइते भएका सांसद भण्डारीको अवस्था जटिल, उपचारका लागि भारत लगिँदै

प्रकाशित मिति :  16 February, 2023 9:19 am


काठमाडौं । गएराति ग्याँस सिलिण्डर विस्फोटबाट घाइते भएका नेपाली कांग्रेस सांसद चन्द्र भण्डारी र उनकी आमाको अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।

विस्फोटबाट २५ प्रतिशत शरीरको भाग जलेका भण्डारीको फोक्सोमा समेत असर परेकाले थप उपचारका लागि भारत लैजाने तयारी भइरहेको छ ।

बुधबार राति खाना खाएर सुतेका भण्डारीको बुद्धनगरस्थित घरमा ग्यास विस्फोट हुँदा सांसद भण्डारी र उनकी आमा घाइते भएका थिए । दुवै जनालाई उपचारका लाग िकीर्तिपुर बर्न अस्पतालमा पुर्याइएको थियो ।

अस्पतालमा उपचारमा संलग्न चिकित्सकका अनुसार भण्डारीको २५ प्रतिशत र उनकी आमाको ७० प्रतिशत शरीरको भाग जलेको छ ।



प्रतिक्रिया दिनुहोस !